दक्षिण कोरियामा निलम्बित राष्ट्रपति युन सुक योल पक्राउ

Aatmaram Thapa January 15, 2025
दक्षिण कोरियामा निलम्बित राष्ट्रपति युन सुक योल पक्राउ

दक्षिण कोरियामा निलम्बित राष्ट्रपति युन सुक योल पक्राउ परेका छन्।

बुधबार बिहान उनलाई सउलस्थित निवासबाटै पक्राउ गरिएको बिबिसीले जनाएको छ।

युनलाई पक्राउ गर्न सुरक्षाकर्मी र भ्रष्टाचार अनुसन्धान कार्यालयबाट खटिएका अधिकारीहरू बुधबार बिहान उनको निवासमा पुगेका थिए।

उनी दोस्रो पटकको प्रयत्नपछि पक्राउ परेका हुन्।

दक्षिण कोरियाको अखबार योनहाप न्युजले युन स्थानीय समयअनुसार बिहान साढे १० बजे पक्राउ परेको पुष्टी गरेको छ।

बुधबार उनलाई पक्राउ गर्न गएका सुरक्षाकर्मीसहितका अधिकारीहरूलाई युनका समर्थकहरूले रोक्ने प्रयन्त गरेका थिए।