दुप्चेश्वर महादेव मन्दिरको खर्च विवरण अडिट हुदै बिबरण कहिले आउछ टुङ्गो छैन

Aatmaram Thapa February 13, 2025
दुप्चेश्वर महादेव मन्दिरको खर्च विवरण अडिट हुदै बिबरण कहिले आउछ टुङ्गो छैन

नुवाकोट,
दुप्चेश्वर महादेव मन्दिरको भेटि प्रत्येक दिन फेस बुकमा हालिएको र मन्दिरमा भेटिको आम्दानि मात्रै देखिएको हुदा हामीले दुप्चेश्वर क्षेत्र बिकाश कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठसग दुप्चेश्वर अनलाईन टि भीका सम्बादाताले प्रस्न गरेका थियौ खर्च बिबरण कहिले आउछ ?

अडिट हुदै छ भनेर जवाफ प्राप्त भएको छ ।

अडिट कहिले सम्म सकिने र कहिले खर्च बिबरण आउने भने टुङ्गो लागेको छैन । हामीले प्रत्येक बर्षको खर्च बिबरण आउन पर्ने होइन र भनि प्रस्न गर्दा अघिल्लो कार्यकालका दुप्चेश्वर क्षेत्र बिकाश कोषका अध्यक्ष किशोर आचार्य ज्युको कार्यकाल सहितको आम्दानी र खर्च विवरण ल्याउने बताउनु भएको छ साथै पत्रकार सम्मेलन सहित खर्च विवरण ल्याउने बताउनु भएको छ।

मन्दिरमा के कति खर्च के कति कामदारको तलब भन्ने अहिले सम्म प्रस्ट देखिएको छैन।

हामीलाई स्थानीयले बिभिन्न समयमा प्रस्न गर्दै आउनु भएको थियो आम्दानि मात्रै फेसबुकमा लेखिएको छ खर्च के छ खै सोद्नु पर्यो भनिसकेपछि हामीले श्रेष्ठलाइ प्रस्न गरका थियौ।