९ जेठ, नुवाकोट । नुवाकोटमा एक जनाको खाेलामा डुबेर मृत्यु भएकाे छ । जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा नम्बर ७ स्थित काफ्लेदहमा २८ वर्षीय युवाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
दहमा डुबेर २८ वर्षीय शुक्र तामाङकाे मृत्यु भएकाे नुवाकोटका प्रहरी प्रवक्ता डिएपी विक्रम लामाले जानकारी दिनुभयो । घटनाको सूचना लगत्तै प्रहरी निरीक्षक जयन्ती थापाको कमाण्डमा इलाका प्रहरी कार्यालय खरानीटारबाट खटिएको टोलीले प्रारम्भिक अनुसन्धान गरेर शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल नुवाकाेट पठाइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेकाे डिएसपीले लामाले जानकारी दिनुभयाे ।