नि: शुल्क दीर्घ रोगी पहिचानको लागि स्वास्थ्य परिक्षण गरे राउतबेशिमा

Aatmaram Thapa April 6, 2025
नि: शुल्क दीर्घ रोगी पहिचानको लागि स्वास्थ्य परिक्षण गरे राउतबेशिमा

नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर ३ राउतबेशीमा दीर्घ रोगीहरुको पहिचानको लागि नि: शुल्क स्वास्थ्य परिक्षण कार्यक्रम आयोजना गरिएको छ ।

दुप्चेश्वर गाउँपालिका वडा नम्बर ३ राउतबेशिमा आयोजना भएको बृद्ध तथा फरक क्षमता भएका व्यक्तिहरु सँगको स्वास्थ्यकर्मी भेटघाट कार्यक्रम अन्र्तरगत वडा भित्र रहेका ६५ वर्षभन्दा माथि उमेर समुहका जेष्ठ नागरिक तथा दिर्घ रोगीहरुलाई स्वास्थ्य परिक्षण गर्नुको साथै नि:शुल्क औषधि वितरण गरिएको दुप्चेश्वर गाउपालिका वडा नम्बर ३ का वडा अध्यक्ष धुर्बकर केसीले जानकारी दिनु भएको छ ।
स्थानीयलाई सहज होस् भन्दै वडा अध्यक्ष धुर्बकर केशीले यातायातको समेत ब्यबस्था गरेका थिए।

 

स्वास्थ्य परिक्षण पछि ७६ जना दिर्घरोगी विरामी भेटिएको वडा अध्यक्ष केसीले दुप्चेश्वर टिभिलाइ जानकारी दिनु भएको छ । दिर्घ रोगीहरु मध्ये प्रेसर, सुगर, युरिक एसिड र मुटु रोगसम्बन्धीका विरामी रहेका छन् । चेकजाँचका क्रममा केही बाथका रोगीहरु भेटिएको र केही ब्यक्तिहरुमा जटिल समस्या समेत देखिएको भन्दै चिकित्सकहरुले काठमाण्डौ रिफर गरेका छन् ।

पहिचान गरिएको दिर्घ रोगीहरुलाई आगामी वैशाख २ गतेदेखि नि:शुल्क औषधि वितरण गरिने वडा अध्यक्ष केसीले जानकारी दिनु भएको छ ।

दिर्घ रोगि पहिचान भै सकेका रोगि हरुलाई घर मै पुगी नि:शुल्क औसधि वितरण गर्ने कार्यक्रम रहेको छ दुप्चेश्वर गापालिका वडा नम्बर ३ का अध्यक्ष धुर्बकर केशी भन्छन यो स्वास्थ परिक्षणमा वडाका आमाबुवा हरुको उपस्थिति निकै उत्साह पुर्बक थियो हामि निकै खुशी भयौ।

सो स्वास्थ परिक्षणमा वडा अध्यक्ष केशी आफै उपस्थिति भै परिक्षणमा आएका आमाबुवा सग आफै कुरा गरि चिकित्सकहरुलाइ आफ्नो समस्या बताउन आग्रह समेत गरे।

स्वास्थ परिक्षणमा १३० भन्दा बढी उपस्थिति देख्दा निकै खुशी हुदै वडा अध्यक्ष केशी भन्छन जनताको स्वास्थ्यको लागि हामि जनप्रतिनिधिले चासो दिन जरुरत छ ।
धुर्बरक केशी नेपालि कांग्रेस बाट दोस्रो कार्यकालमा पुन निर्बाचीत वडा अध्यक्ष हुन्।