लामो समय पछि हिरारत्न हाइड्रोपावर निर्माणको कार्य तिब्र

Aatmaram Thapa March 27, 2025
लामो समय पछि हिरारत्न हाइड्रोपावर निर्माणको कार्य तिब्र

नुवाकोट, दुप्चेश्वर गाउपालिका सुर्यमति खोलामा (तादी) बन्न लागेको हिरारत्न हाइड्रो पावरको निर्माण कार्य तिब्र रुप सुरु भएको छ।

हिरारत्न हाइड्रोले धार्मिक स्थल दुप्चेश्वर महादेव मन्दिर आसपासमा खोला निरन्तर बग्न दिने बिषयमा लामो समय मुद्दा खेप्नु परेको थियो। हाल भने दुप्चेश्वर मन्दिर आस पास खोलामा पानि बग्न दिने सहमति दुप्चेश्वर क्षेत्र बिकाश कोष सग अदालती फैसला साथ काम अगाडी बढेको हिरारत्न हाइड्रोपावरका अध्यक्ष बद्रि मैनालीले दुप्चेश्वर टिभि लाइ बताउनु भएको छ।

केहि बर्ष अगाडी धार्मिक स्थल अगाडी निरन्तर खोला बग्न दिनु पर्छ भन्दै दुप्चेश्वर क्षेत्र बिकाश कोषका अध्यक्ष गणेश पण्डित लगायत स्थानीयले चर्को बिरोध गरेका थिए। लामो समय रोकिएको हाइड्रोपावर पुन निर्माण हुदा स्थानीयले पनि लाभ लिन पाउने हाइड्रोपावरका अध्यक्ष बद्रि मैनालीले बताउनु भयो।

स्थानीयको माग पुरा गर्दै अब भने हाइड्रोपावर बन्ने भएको छ तादी खोला जलबिधुत आयोजना नाम रही हाइड्रोले ५ मेघावाट बिधुत उत्पादन गर्ने भएको छ।