गोरक्षाको सन्देशसहितको महायज्ञमा लिङ्देन विशेष अतिथि बन्ने

Aatmaram Thapa August 2, 2025
गोरक्षाको सन्देशसहितको महायज्ञमा लिङ्देन विशेष अतिथि बन्ने

काठमाडौं

साउन १७ सनिबार,

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सोमबार पशुपतिनाथ क्षेत्रमा आयोजना हुने गोरक्षा महायज्ञ कार्यक्रममा विशेष अतिथिका रूपमा सहभागी हुने भएका छन्।

धर्म, संस्कृति र गाई संरक्षणको सन्देश दिनका लागि आयोजना गरिएको सो महायज्ञमा लिङ्देनको उपस्थिति विशेष आकर्षण हुने आयोजक समितिले जनाएको छ।

महायज्ञको मूल उद्देश्य सनातन धर्मको संरक्षण र गोरक्षामा जनचेतना फैलाउनु रहेको छ। कार्यक्रमका संयोजकले भने, “गाई हाम्रो धार्मिक र संस्कृतिक अस्तित्वसँग गासिएको पवित्र प्राणी हो। यसको संरक्षणमा नेताहरूको साथ महत्वपूर्ण हुन्छ।”

धार्मिक कार्यक्रमहरूमा सक्रिय भूमिका खेल्दै आएका अध्यक्ष लिङ्देनले यसअघि पनि विभिन्न अवसरमा गोरक्षा, धर्मरक्षा र हिन्दू संस्कृतिको संरक्षणप्रति प्रतिबद्धता जनाउँदै आएका छन्।

महायज्ञमा धर्मगुरु, समाजसेवी, युवा स्वयंसेवी तथा आम श्रद्धालुहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। कार्यक्रम पशुपतिनाथ मन्दिर क्षेत्रमै आयोजना हुनेछ।

आयोजक समितिले सम्पूर्ण भक्तजन, धर्मप्रेमी तथा राप्रपाका शुभेच्छुकहरूलाई कार्यक्रममा सहभागी भई पुण्य लाभ लिन हार्दिक निमन्त्रणा दिएको छ।