
नुवाकोट,
नुवाकोट शित भण्डार प्रा.लि. र यसका लगानीकर्ता तथा सार्वजनिक व्यक्तित्व बद्री मैनालीसँग जोडेर सामाजिक सञ्जालमा फैलाउन खोजिएको भ्रम बारेमा उहाँको भनाई स्पष्ट पारिएको सम्बन्धमा सामाजिक सञ्जालमा केही पुर्वाग्रह राख्ने मित्रहरूले तथ्य यथार्थलाई बङ्गाएर नुवाकोट शित भण्डार र मेराे सन्दर्भमा आम नागरिकलाई भ्रम छर्ने अनर्गल प्रचारप्रसार कुचेष्टा गरेकाले कम्पनी र मेराे तर्फबाट आमनागरिकलाई जानकारीका लागि सप्रमाण सहित स्पष्ट पारिएकाे जानकारी सहित अनुराेध गर्दछु ।
१. पहिलो कुरा उहाँले पटकपटक भेरिएसन गरि १५ कराेड लिएको भन्ने कुरा सरासर झुट हाे । शित भण्डारले सम्झौता बमोजिम ११ कराेड ५ लाख मूल्य अभिवृद्धि कर VAT सहित लिएको हाे। सम्झौता भन्दा बढि लिएको छैन। भेरिएसन गरिएको आयाेजनालाई पटकपटक भेरिएसन गरि १५ कराेड लिएको भन्ने कुरा सरासर गलत कुरा हाे । यहाँहरुले सम्बन्धित निकायबाट, सराेकार राख्ने सबैले बुझ्न सक्नु हुन्छ । साथै नुवाकोट शीत भण्डार र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियाेजना सँग १० कराेड ५० लाख VAT बाहेक सम्झौता भएको हाे, VAT सहित शीत भण्डार गृहले हाल सम्म ११ कराेड पाँच लाख मात्र लिएकाे हाे १५ कराेड हाेईन । जहाँसम्म भेरिएसनकाे मन्त्रालयले सम्झौता गर्दा नै स्पष्ट सम्झौता गरेको छ बिभिन्न कारणले आयाेजनाकाे लागत बढेमा सम्बन्धित शीत भण्डार गृह (कम्पनी ) ले ब्यहाेर्नु पर्नेछ भनी लिखित ब्यबस्थालाई नजरअन्दाज गरि पटकपटक भेरिएसन गरिएको भन्ने कुरा कपाेकल्पित भ्रम सरासर झुट कुरामात्र हाे सम्झौता कपि यसै साथ पाेष्ट गरेका छाैं ।
२. शीत भण्डारले कृषि मन्त्रालयसँग सम्झौता गर्दा “”शितभण्डार (परियाेजना) वरपरका किसानहरुबाट उत्पादन भएका वस्तु (कृषि उपज) सहुलियत दरमा भण्डारण गरिने छ , मात्र भनिएता पनि म आफै पनि सामान्य किसान परिवारबाट याे ठाउँमा आईपुगेकाले, मैले गरिब किसान, कृषक, साना कृषक ब्यबसायीकाे मर्का, समस्या , बुझेकाले १० प्रतिशत देखि ३३ प्रतिशत सम्म नेपाल भरिकाे चलन चल्तिकाे, शीत भण्डार शुल्कलाई आधार मानी छुट सुविधा सहुलियत दिदै आएकाे स-प्रमाण पाेष्ट गरेका छाै।
३. विजुली मा ५० प्रतिशत शुल्क छुट कृषिजन्य उपज भणडारण गर्ने देशका सबै शीत भण्डारहरुकाे विधुत खपत महिनाको दुई लाख देखि १० लाख अझ त्यो भन्दा पनि बढिसम्म क्षमता अनुसारको धेरै विजुली खपत हुने भएकाले नेपाल सरकार नेपाल विधुत प्राधिकरणकाे नियम अनुसार दिने छुट हाे थप सुविधा हाेइन!!
४. जहाँसम्म उहाले दुई चार हजार बाडेर भ्रम छरेकाे भन्नू भएको छ उहाँलाई म के अनुराेध गर्दछु भने उहाँ नुवाकोट नेपालका आम नागरिकहरु सबैलाई थाहा छ । मैले पैसा बढी भएर राजनीति गर्न सहयोग गरेको हाेईन । म पनि याे सारै सामान्य गरिब परिवारबाट मेहनत र संघर्ष गर्दै यहाँ आईपुगेकाे मलाई राेगी, गरिब दिन दुःखि काे समस्या र पीडा देखेपछि मेरा बिगतका दिन देख्छु र सहयोग गर्छु । सबै नुवाकोट बासि र देशबाशी आम नागरिक लाई जानकारी छ । हिजो नुवाकोटमा शीत भण्डार नबनाउदाँ देखिनै सहयोग गरिआएकाे मानिस हुँ म। हिजो पनि गरिब जनातालाई सक्दाे सेवा सहयोग गरेको छु, मैले सकुन्जेलसम आज पनि गर्छु ,भाेलि पनि गर्छु। म सधै जनताको साथमा रहन्छु।म यहाँहरु जस्तो जमिनदारि सभ्रान्त् परिवार र सामन्ती बर्गकाे पक्षपाेषण गर्दै आएकाे मानिस हाेईन। राेगी, गरिब , दिन दुखिकाे समस्या नबुझ्ने , नदेख्न।
५. ५ उहाँले प्रश्न उठाउनुभएको छ । हुनत यस्काे जवाफ यहाँ दिईरहनुपर्न्ने ठान्दिन थिए याे बिशुद्व ब्यबसायीक कुरा हाे। तरपनि म एउटा समाजको जिम्मेवार सार्वजनिक पद धारणा गरेको सामाजिक ब्यक्ति भएकाले मेराे राजनीति मेरो ब्यक्तिगत जिवनसँग जाेडिएकाले स्पष्ट पारेकाेमात्र हुँ । शीत भण्डारहरु नेपालमा पचासौं बनेका छन सबैले राज्य बाट विभिन्न खालका कुनै न कुनै अनुदान सुविधा लिएका छन( याे मेराे राजनीति सँग जाेड्नु पुर्वाग्रही बाहेक केही हाेईन) याे हाम्रो देशकाे मात्र हाेईन बिश्वब्यापी रुपमा कृषि क्षेत्रलाई अगाडि बढाउन, प्रमाेशन र प्रबर्द्धन गर्न अनुदान दिने सरकारी निति नियम हुन्छ त्यँही निति ऐन ,नियम अनुसार नुवाकोटपनि विभिन्न तहकाे सरकार बाट नुवाकोट अरु,थप शीत भण्डारहरु पनि केही अनुदान र केही शेयर धनी हरुकाे लगानीमा बन्दै छन ।अन्य कृषि ब्यबसायीहरुले पनि ब्यसायकाे क्षमता अनुसारको अनुदान सुबिधा लिएका छन । गंगटेमा मसहित आबद्वमा निर्मित शीत भण्डारले पनि कानुनी प्रक्रिया पूरा गरि मादडण्काे आधारमा प्रतिष्प्रधागरि छनाैट भई अनुदानकाे केही प्रतिशत रकम बैंकको ११ कराेेड५२ लाख कर्जा र नुवाकोट रसुवाका किसान , ब्यसायी साथिहरुकाे संयुक्त लगानीमा जग्गा सहित ३५ कराेडलगानीमा निर्मित शितफभण्डार हाे यस्ले मन्त्रालयसँगभएको सम्झौता अनुसार काम पनि सम्पन्न गरिसकेको छ ,र सम्झौता अनुसार कृषक ब्यसायी साथिहरुलाई दिनुपर्ने छुट सुबिधा सम्झौता अनुसार निश्चित अवधिकाेलागि बिउ अालुमा ३०० केजि सम्म राख्ने किसानलाई ३३प्रतिशत ५०० केजि राख्ने लाई २५ प्रतिशत १५००बीउ राख्ने लाई २०पर किसान २० प्रतिशत ब्यसायीहरुलाई १० प्रतिशत बजारको चलन चल्तीको दररेटमा छुुट सुविधा दिएका छाै।लबैंकको कर्जाको ब्याँज कम्पनीकाे प्रशासनीक संचालन खर्च शेयर हाेल्डरकाे लगानी अादि हिसाब दिन सक्ने सम्म छुट सुविधा दिएका छाै ।यस्काे प्रमाण लागि केही रसिद पाे्ष्ट गरेकाेछु । तरपनि सार्वजनिक रूपमा कुरा उठेकाले त्यसको जवाफ सार्वजनिक गरेको हुँ अन्यथा केहि हाेईन ।म सामाजिक सञ्जालमाभ्रम छरेका मित्रलाई के अाग्रह गर्न चाहन्छु, भने कुनै ठाउँको एउटा कुनामा बसेर तथ्य प्रमाण बेगर नबुझी बिना आधार कसैकाे बारेमा कसैलेकाे उत्साहटमा पुर्वाग्रही हिसाबले कसैको चरित्र लाई धूमिल गर्ने चेष्टा नगरु